देश/प्रदेश « Khabarhub

स्वास्थ्य मापदण्ड अपनाएर बिसु पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह 

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट सुदूरपश्चिम प्रदेश अझै मुक्त हुन नसकिरहेको बताउँदै उनले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेका हुन् । ‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई आज दिएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशवासीका घरघरमा…