देश/प्रदेश Archives | Page 1731 of 1743 | Khabarhub Khabarhub

अन्तिम श्रद्धान्जलीका लागि रवीन्द्रको शव पोखरामा राखियो

काठमाडौं– संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पोखरामा राखिएको छ । मन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा अन्तिम संस्कारका लागि शव काठमाडौंबाट आजै लगिएको हो । पोखरास्थित प्रदर्शनी केन्द्रमा शव अन्तिम श्रद्धान्जलीका लागि राखिएको हो । अन्तिम श्रद्धान्जलीका लागि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलसहित नेकपा नेता कार्यकर्ता पुगेका छन् ।