Live on
Your Voice, Your Power
सङ्खुवासभा- सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् । एकसाता यता परेको वर्षापछि गएको पहिरोले जिल्लाका २८ परिवार विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए। “पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ”, उनले भने “पीडित परिवार उद्धारको पर्खाइमा छन् ।” घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन्…