देश/प्रदेश « Khabarhub

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए ।