मुख्य समाचार « Khabarhub

पद्माभन्दा धनराज एक हजार १३५ मतले अगाडि

स्याङ्जा- निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ को मतगणना जारी छ। पछिल्लो अपडेटअनुसार  कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् ।