Live on
Your Voice, Your Power
जुम्ला– जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालयलगायतको टोलीले धावनमार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँग दुई वटा हवाइजहाजले उडान भरेका छन् । धावनमार्गमा हिउँ हटाएपछि आजैदेखि हवाई सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।…