Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किऊन्, कोही निर्दोष नफसून् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने विश्वप्रकाश शर्माले बताए। यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए।