ब्रेकिङ स्टोरी « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।   बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ ।  गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।   बैठक अपरान्ह बस्ने स्रोतले जनाएको छ ।