ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्रीलाई राप्रपाले पनि विश्वासको मत दिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्न पार्टीको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि सरकारलाई समर्थन गरिसकेको पार्टीको सोमबार साँझ संसद भवनमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका मुद्धा सरकारले समेटेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको…