Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछिन् । राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम…