Live on
Your Voice, Your Power
पेरिस– पश्चिम युरोपको तापक्रम एक्कासी बढ्न थालेको छ । पश्चिम युरोपका फ्रान्स, स्पेन, इटालीलगायतका मुलुकमा तापक्रम ह्वात्तै बढेको हो । फ्रान्सका केही स्थानमा तापक्रम ४५ डिग्रीसम्म पुगेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् । तापक्रम अझै बढ्न सक्ने अनुमान मौसमविद्हरुले गरेको बीबीसीले जनाएको छ । त्यसबाहेक स्विट्जरल्याण्ड, बेल्जियम, जर्मनी, नेदरल्याण्ड्समा समेत तापक्रम बढेको बीबीसीले जनाएको छ ।…