Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको अर्को घटना सार्वजनिक भएको छ । कराँची सहरस्थित हाइ रोडमा रहेको अहमदिया सम्प्रदायका मुसलमानको प्रार्थानास्थलमा तोडफोड गरिएको घटना सार्वजनिक भएको हो । स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उक्त प्रार्थानास्थलमा तोडफोड गरिएको थियो भने अहमदियाप्रति घृणा फैलाउने सन्देश पनि लेखिएको थियो…