समाचार « Khabarhub

दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ

सुर्खेत- दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो। आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १…