समाचार « Khabarhub

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं- नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको संगठित आक्रमणका दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ ।  मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुधबार  ज्ञापनपत्र बुझाउँदै संघले समग्र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल कमजोर बनाउनुका साथै सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नै चुनौती सिर्जना गरेको बताएको छ । …