समाचार « Khabarhub

गृहमन्त्री अर्यालले गरे निर्वाचनको तयारीबारे छलफल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग गएर निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् । …