समाचार « Khabarhub

एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । तत्कालीन नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा समाजवादीमा प्रवेश गर्ने चर्चाबीच आलोकनगर पुगेका हुन् । अहिले आलोकनगरमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच भेटवार्ता भइरहेको छ । पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताहरूबीच वार्ता चलिरहेको छ…