समाचार « Khabarhub

एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’ नेकपा (माओवादी केन्द्र)मा प्रवेश भएका छन् । बैतडीको कुवाकोटका कुँवर शनिबार माओवादी केन्द्रमा प्रवेश भएका हुन् । सशस्त्र द्वन्द्वकालीन अवस्थादेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजनपछि एमालेमा लागेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा स्वागत गरेका थिए ।…