Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको हो। बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।