Live on
Your Voice, Your Power
काठमाडौं- तेजबहादुर चित्रकार अहिले ८७ वर्षका भए । उनले विगत ५४ वर्षदेखि हलचोक आकाश भैरवको ख्वापा (मुकुट) रंग्याउने परम्परालाई निरन्तरता दिँदै आएका छन् । यो काम उनको परिवारले पुस्तौंदेखि गर्दै आएको हो । उनले थाहा पाएसम्म हलचोकबाट इन्द्र जात्रामा आउने आकाश भैरव, चण्डी कुमार र चण्डी कुमारीको मुकुट सिँगार्न थालेको ५ पुस्ता भइसकेको छ ।…