समाचार « Khabarhub

आशिकाको विरोध खेपेको धादिङ प्रहरी कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट

धादिङ- जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक उत्कृष्ट हुँदै देशभरका पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा रहेका १५ पहाडी जिल्ला प्रहरी कार्यालयको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा धादिङ प्रहरीलाई उत्कृष्ट घोषणा गरेको हो। अपराध नियन्त्रण, शान्ति-सुरक्षा कायम, प्रभावकारी अनुसन्धान, जनउत्तरदायी सेवा, अनुशासित…