समाचार « Khabarhub

राजावादी आन्दोलनमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा, नेताहरू भागाभाग

काठमाडौं- दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादीहरूको आन्दोलन हिंसात्मक भएको छ। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि तीनकुने क्षेत्रमा प्रहरीले बल प्रयोग गरेको हो । राजावादीको आन्दोलनमा सहभागीहरू नयाँबानेश्वर क्षेत्रतिर अघि बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । हस्तक्षेपका क्रममा दुर्गा प्रसाईं सवार गाडी तोडफोड भएको छ । अहिले प्रदर्शनकारीले प्रहरीमा ढुंगामुढा गरिरहेका छन्…