Live on
Your Voice, Your Power
जनकपुरधाम – रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई जनकपुरधाममा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा आज स्वागत गरिएको हो । जनकपुरधामका नगरप्रमुख मनोज साहसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित जनकपुरका नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।