समाचार « Khabarhub

जापान नेपालको विकास साझेदार : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले भेट गरेका छन् ।  सिंहदरबारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  उनले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे…