समाचार « Khabarhub

मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन आग्रह

काठमाडौँ– सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राखेकी थिइन्…