Live on
Your Voice, Your Power
नयाँ दिल्ली - भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ। लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्त्वाकाङ्क्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो।छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन्।