समाचार « Khabarhub

आज विश्व धूमपानरहित दिवस मनाइँदै

काठमाडौँ– आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ । …