समाचार « Khabarhub

कपनस्थित साततले क्षेत्रका घरटहरा भत्काउन १३ वटा डोजर

काठमाडौं- काठमाडौंको कपनस्थित साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने कार्य जारी रहेको छ । सोमबार बिहानदेखि १३ वटा डोजर परिचालन गर्दै अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको हो ।  स्थानीय प्रशासनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सञ्चालन गरिएको हो । भत्काउने क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।