समाचार « Khabarhub

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

काठमाडौं– बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ ।  बालाचतुर्दशीका अवसरमा मंगलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए ।  शतबीजलगायत बर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरिएको…