समाचार « Khabarhub

च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित

काठमाडौं - महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। आर्सनलसँगको खेलमा रियल २-१ गोल अन्तरले पराजित भएको हो। खेलको ४३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता निकालेको रियल दोस्रो हाफमा चुकेको हो। आर्सनलका लागि दोस्रो हाफको ५३ र ६५ मिनेटमा एलेसिया रुस्सोले दुई गोल गरेकी हुन्।