समाचार « Khabarhub

ललितपुरमा इभी कार दुर्घटना

ललितपुर– ललितपुरको बखुन्डोलमा कार दुर्घटना भएको छ । बिहीबार बिहान करिब ७ बजेतिर बागमती प्रदेश ०१–०३०च ८९५३ नम्बरको इभी कार अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । कारमा चालक मात्र रहेको र उनी सकुशल रहेको बताइएको छ । चालकका अनुसार ‘अटोमेटिक ह्याण्डिल लक’ भएका कारण कार अनियन्त्रित भएर दुर्घटना भएको हो…