समाचार « Khabarhub

देउसी खेल्न गएका युवाहरुलाई बसले ठक्क्र दिँदा २ जनाको मृत्यु

मकवानपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीमा यात्रुवाहक बसले देउसी खेल्न गएको युवाहरुको समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा १९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।…