समाचार « Khabarhub

सेनाद्वारा बाँकेमा २ नाल बन्दुकसहितका सामग्री बरामद

बाँके– नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि 'अपरेशन महाहण्ट ७' मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री बरामद गरेको नेपाली सेनाले जनाएको छ ।…