समाचार Archives | Page 722 of 8657 | Khabarhub Khabarhub

अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा पनि राजावादीको आगजनी

काठमाडौं– राजावादीले अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरेका छन् । तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि राजावादीले नजिकै रहेको दैनिकको कार्यालयमा आगो लगाएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकका पत्रकार राधा खनालले राजावादी समूहले कार्यालय रहेको भवनको तल्लो तलामा आगो लगाएको जानकारी दिइन् ।