Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिएर ९ पर्यटकको मृत्यु भएको छ । ठूलो चट्टानसहित झरेको पहरोले पुरिएर आइतबार ९ पर्यटकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । पहिरोले अरू तीन जना घाइते भएका छन् । घटनाको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गरेका छन् ।