समाचार « Khabarhub

माघभित्रै विवाह गर्ने तयारीमा प्रदेश-१ का मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघभित्रै विवाहको तयारी गरेका छन् । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीसँग उनले विवाहको तयारी गरेका छन् । विवाह काठमाडौँमै गर्ने तयारी छ । विवाहको तयारी भइरहे पनि मिति टुंगी नसकेको उनका सल्लाहकार रामकुमार बस्नेतले बताए ।