समाचार « Khabarhub

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु गाउँपालिका–६ स्थित महेन्द्र महेशदेव मावि मतदान केन्द्रबाट बिहान ९ बजे मतदान गरेको जानकारी दिएका छन्। मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा नागरिक सहभागिता महत्वपूर्ण रहेको बताए। मतदानका क्रममा जनक पाठक र उम्मेदवार विमल थापा समेत सहभागी रहेका थिए।