समाचार « Khabarhub

कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु

काठमाडौं - कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिएको छ । सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको  अधिकारीहरूले बताएका छन्। कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्। कोरोनाभाइरसको त्रासपछि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवा दिइएको भन्दै विरोध प्रदर्शन हुँदै आएको थियो…