समाचार « Khabarhub

वामदेव गौतम बने नेकपाका उपाध्यक्ष

काठमाडौं–नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन् । बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो ।