समाचार « Khabarhub

कोरोना संक्रमणको जोखिम कम गर्न अर्घाखाँचीमा पनि ‘लकडाउन’

अर्घाखाँची– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्लालाई 'लकडाउन' गरिने भएको छ । सोमबार राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको…