समाचार « Khabarhub

प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी

काठमाडौँ - जेन-जी प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र छिरेका छन्‌ । आन्दोलनबाट पदच्यूत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नेपाली सेनाले हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिसकेको छ । यससँगै जेन-जी प्रदर्शनकारीहरूले राज्यका व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका कार्यालय नै कब्जा गरेका छन्‌ । संसद्‌ भवन नयाँवानेश्वरमा प्रर्दशनकारीहरूले आगो लगाइदिएका छन्‌ भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्‌ ।