समाचार « Khabarhub

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन् । मन्त्रीहरूलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेसँगै प्रदर्शनकारीहरू गेट फुटाएर मन्त्री निवासमा छिरेका हुन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भैंसेपाटीस्थित मन्त्री निवासमा तीनवटा हेलिकप्टर पुगेका थिए । सेनाको हेलिकप्टर गएको थाहा पाएसँगै उत्तेजित प्रदर्शनकारीहरू मन्त्री निवासको गेट फुटाएर भित्र छिरेका हुन् । पुल्चोकस्थित मन्त्री निवास…