समाचार Archives | Page 91 of 8247 | Khabarhub Khabarhub

संखुवासभाबाट ९ जना जुवाडे पक्राउ

संखुवासभा- खाँदबारी नगरपालिका-९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ…