फोटो फिचर « Khabarhub

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ । विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको उपत्यकाका प्रमुख नाका क्षेत्रमा ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ ।  काठमाडौं छाडेर आफ्नो आफ्नो  गन्तव्यतिर  लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि कोटेश्वरदेखि भक्तपुर राधेराधेसम्मै गाडीको लाम लागेको छ ।