Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभाको बैठक नेकपा 'दाहाल-नेपाल' समूहका सांसदहरुले बहिस्कार गरेका छन् । सभामुख अग्नि सापकोटाले राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुर्नगठनको पत्र र अध्यादेशहरु टेवल गर्न थालेपछि प्रचण्ड नेपाल समुहका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । बैठकमा अहिले सरकारले जारी गरेका अध्यादेशहरु पेश गर्न मन्त्रीहरुलाई समय दिइरहेका छन् ।