राजनीति « Khabarhub

ओलीको ‘स्वेच्छाचारी’ कदमविरुद्ध एकजुट बन्न नेपाल समूहका १५ स्थायी कमिटी सदस्यको अपिल (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद चरमउत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको 'स्वेच्छाचारी' कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै उनीहरुले संयुक्त अपिल जारी गरेका हुन् । अध्यक्ष ओलीकै कारण  अन्य दलसँग सहकार्य गर्न आफूहरु बाध्य भएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।…