Live on
Your Voice, Your Power
काभ्रे - पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै बाँस्कोटाले पार्टीका नेता/कार्यकर्ताको भावनासहितको क्रियाशील पार्टी मात्र जीवन्त रहने बताए । 'पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ', उनले भने ।…