Live on
Your Voice, Your Power
काठमाडौं- सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य श्याम बज्राचार्य पेस्तोल र सकेट बमसहित पक्राउ परेका छन् । एक थान पेस्ताल र ३ वटा सकेट बमसहित उनी पक्राउ परेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेक राईद्वारा जानकारी दिए । ललितपुरको नागबहाल इखाछेंस्थित डेरामा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको हो ।