राजनीति « Khabarhub

झापामा ओलीबारे प्रचण्डले भने- धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ

झापा- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा जाल–झेलबाहेक अरु केही नभएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको गौरीगञ्जमा सोमबार पार्टीद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीमाथि यस्तो आरोप लगाएका हुन् । ‘यो ठाउँ अहिलेका प्रधनमन्त्रीको हो । देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो…