Live on
Your Voice, Your Power
काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको मतविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा रिट दर्ता गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा सभामुख कृष्णप्रसाद धिताले विश्वासको मत पाएको घोषणा गरेको जिकिरसहित बदर गर्न भनेका छन् ।…