राजनीति « Khabarhub

बालेनविरुद्ध खनिए अमरेश- हिटलरको शैलीमा दमनमा उत्रिएको आरोप

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् । सोमबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन् । ‘हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती…